सुनसरीमा उम्मेदवारी दर्ता धमाधम



काठमाडौ (नेस) ।
आगामी असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुनसरीमा उत्साह पुर्ण रुपमा उम्मेदवारी दर्ता भैरहेको छ ।

आइतबार सुनसरीका १२ वटा स्थानीय तहमा बिहान ८ बजेदेखि बाटै उम्मेदवारहरुको उम्मेदवारी दर्ताको काम धमाधम भैरहेको छ ।

सुनसरीमा हालसम्म विभिन्न राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन्भने ठुला दलले भने उम्मेदवारी दर्ता गर्नको लागि जान तर्खरमा रहेका छन् ।

सुनसरीको धरान, इटहरी, इनरुवा, रामधुनी, दहबी, बराहा, कोसी, भोक्राहा, गडि, बर्जु, देवानगन्ज र हरिनगरामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयहरुबाट धमाधम उम्मेदवारी दर्ताको काम तिब्र रुपमा भैरको समाचारपत्र संवाददाता कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

हालसम्म कुनै पनि अप्रिय घटना नघटेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्