नदीमा डुबेर एक बालकको मृत्यु



कृष्णउदास खनाल वीरगन्ज,
पर्साको पोखरिया नगरपालिकामा आइतबार बिहान नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरीया नगरपािलका वडानम्बर ११ बैरीयबिर्ताको जग मुखियाको ८ बर्षीय छोरा चन्देश मुखिया बिनको नौरगिया गदीमा डुबेर मृत्यु भएको हो ।
बिहान ७ बजे गाउको उतर पुर्ब दिशा तर्फ रहेको नौरगिंया नदीमा नुहाउन गएका बालक डुबेको अवस्थामा भेटिएको थियो ।
घाईते बालकको उपचार पोखरिया अस्पतालमा ल्याइएकोमा उनको उपचारकै क्रममा ज्यान गएको प्रहरी काार्यलय पोखरियाले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागी नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब निरीक्षक नारायण पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्