दार्जिलिङमा ३ को मृत्यु



 

दार्जिलिङ, (एजेन्सी)
भारतको पश्चिम बंगाल सरकारले राज्य सरकारले चलाएका विद्यालयहरूमा बंगाली भाषा अनिवार्य गरेपछि चर्केको भाषा आन्दोलन भयानक बन्दै गइरहेको छ। भाषा आन्दोलन हिंस्रक बन्दै अलग्गै गोरखाल्यान्ड राज्यको मागतर्फ लम्केको छ।

आन्दोलनरत गोर्खाल्यान्ड समर्थक नेपाली भाषी भारतीयमाथि भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी तीन जना आन्दोलनकारीको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्।

सुरक्षाकर्मीले गत बिहीबार आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेको विरोधमा प्रदर्शन गर्दै गरेका आन्दोलनकारीमाथि सेनाले चलाएको अन्धाधुन्ध गोली लागी तीनजना आन्दोलनकारीको मृत्यु भएको जनाइएको छ।

घटनामा एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाइएको भए पनि पश्चिम बंगाल सरकारले त्यसको औपचारिक पुष्टि गरेको छैन। शनिबार दार्जिलिङका अधिकांश महिलाहरूले गोर्खाल्यान्डको पक्षमा प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्