अनिरुद्ध उमाविलाई उपाधि



भैरहवा, (नेस)
अनिरुद्ध उच्च मावि कञ्चनपुरले एक्सपर्ट स्कुल क्रिकेट लिग २०७४ को उपाधि जितेको छ।

बिहीबार सिद्धार्थ रंगशाला भैरहवामा सम्पन्न फाइनलमा न्यू होराइजन उच्च मावि रुपन्देहीलाई ४ विकेटले पराजित गर्दै अनिरुद्ध विजेता बनेको हो। योसँगै विजेता टोलीले एक लाख नगद पनि प्राप्त गर्यो।

न्यु होराइजनबाट जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्यलाई अनिरुद्धले १६ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि जित्यो।

बलिङमा न्यु होराइजनका कुशल मल्लले ३ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गर्न आएको न्यु होराइजनले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाई ७१ रनमा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्