कुलमानको संझना



 

कुलमान पनि छन्, जनार्दन पनि छन् तर आजकल किन बत्ती झ्याप्पझ्याप्प जान्छ ? अचेल धरहरावरपर भेला भएर केही मानिसले यस्तै कुरा गरेको सुनिन्छ। कुरा के हो धरहराले पनि बुझन् सकेको छैन। हुन पनि कुलमान नै अहिले पनि नेपाल विद्युत प्राधिकरणको प्रमुख हुनुहुन्छ र जनार्दन अहिले उर्जामन्त्री नभए पनि गृहमन्त्री हुनुहुन्छ। तर, बत्ती भने बेला न कुबेला जान थालेको राजधानीबासीले गुनासो गर्न थालेका छन्। हुनत पहिला १९ घण्टा सम्म बत्ती गएको महशुस गरेका राजधानीबासीलाई अहिले थोरै मात्रै बत्ती जाँदापनि सकस हुन थालेको छ। जाने भनेर घोषित रुपमै भन्दा त्यसको वैकल्पिक तयारी गरिएको हुन्छ। तर, भन्दै नभनी बत्ती जाँदा र आउने समय पनि थाहा नहुँदा साँच्ची अप्ठेरो पर्ने रहेछ।

कतै तार चुँडिएर यस्तो समस्या भएको हो भने त ठीकै हो। कहिलेकाहीं हुन सक्छ। तर, पहिलाको जस्तो फेरि कर्मचारी नै मिलेर चुहावट गर्न थालिएको हो भने चाहिं कुलमानजी फेरि तात्नुपर्ला जस्तो छ है। केही दिनयता राजधानीबासीबाट गुनासो आउन थालेको छ। के भएर हो निगरानी बढाउनुपर्ने जस्तो देखिएको छ। अहिलेलाई धरहरा कुलमान हुन्जेललाई चाहिं ढुक्क छ है पाठकबृन्द। यहाँहरूले कतिको भर गर्नुहुन्छ कुन्नि ?

 

प्रतिक्रिया दिनुहोस्