कुबेरले ल्याए सोझो बाटो



 

लोकप्रिय गायक कुबेर राईले लामो समयको अन्तरालपछि एउटा गीतसँगै त्यसको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गायक राईलाई दर्शक स्रोतामाझ ल्याउने काम भने संगीतकार पविधन खालिङले गरेका हुन्। संगीतकार खालिङले आफ्नै युट्युब च्यानलमार्फत् साकेला उभौली पर्वको अवसर पारेर गायक राईको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

अमेरिकाबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा एक जोडी प्रेमीप्रेमिकाको पीडा चित्रण गरिएको छ। म्युजिक भिडिया देवजंग थापाले निर्देशन गरेका छन्। भिडियोका छायांकार पनि देवजंग नै हुन्। काठमाडौंको टौदह क्षेत्रमा छायांकन गरिएको भिडियोमा रोविन विष्ट र सानु सुब्बा नेम्बाहाङले अभिनय गरेका छन्। भिडियोमा रमिला ग्याङ्मी तथा सीडी विजय अधिकारीको संवादसमेत समेटिएको छ। भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

संगीतकार खालिङको संगीत निर्देशनमा गायक राईले सोझो बाटो बोलको गीत गाएका छन्। यसको म्युजिक भिडियो पनि हालै सार्वजनिक गरिएको हो। यो गीतमा शब्द रचना आनन्द अधिकारीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्