एसईई सुन्दरीको प्रतिभा



 

रिवन इन्टरटेनमेट प्रालिले राजधानीमा आयोजना गर्न लागेको मिस्टर एन्ड मिस एसईई २०१७ सिजन ३ का प्रतियोगीहरुले मिस्टर एन्ड मिस ट्यालेन्ट उपाधिका लागि आ–आफ्ना प्रतिभा प्रदर्शन गरेका छन्।

ट्यालोन्ट शोमा प्रतियोगीहरुले सांस्कृतिक तथा कलातमक नृत्य, आधुनिक नृत्य, कराते काता, अभिनय र वक्तृत्वकला प्रदर्शन गरेका थिए। ट्यालेन्ट राउन्डमा आफूलाई अब्बल सावित गर्ने प्रतियोगिले मिस्टर र मिस ट्यालेन्टको उपाधि पाउनेछन्। यो राउन्डको विजेताको नाम प्रतियोगिताको अन्तिम स्पर्धाकै दिन सार्वजनिक गर्ने आयोजक संस्था रिबन इन्टरटेनेमेन्टका अध्यक्ष निशु झाले जानकारी गराए। राजधानीको नयाँ बानेश्वरस्थित होटल रानी महलमा विभिन्न शीर्षकको प्रशिक्षण दिइरहेको पनि झाले जानकारी गराए। प्रतियोगिताको अन्तिम स्पर्धा पर्सि शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ। प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्