चितवनको मुद्दा फेरि सर्यो



 

काठमाडौं, (नेस)
सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा भएको पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा हिजो मंगलबार पनि सुनुवाइ हुन सकेन। हिजो दैनिक सूचीमा रहेको सो मुद्दा क्रमांकमा पछि पर्दा असार ६ गते मंगलबारका लागि सुनुवाइ सरेको हो।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध भरतपुरका गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा निवेदन दर्ता गर्नुभएको थियो। यही जेठ २२ गते सर्वोच्च अदालतले चितवनको भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्मका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्