बलिउड अभिनेतृ कृतिका मृत फेला



 

बलिउडमा संघर्षरत अभिनेतृ कृतिका चौधरी मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत फेला परेकी छिन्।

भारतीय सञ्चारमाध्मका अनुसार प्रहरीले उनको ३⁄४ दिनअघि नै हत्या भएको हुनसक्ने जनाएको छ। समाचारमा जनाइएअनुसार उनको शव सडेर दुर्गन्ध फैलन थालेपछि मात्र त्यहाँका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अँधेरीस्थित कृतिकाको अर्पाटमेन्टमा गएर हेर्दा उनको कोठामा एसी खुला थियो। प्रहरीको आशंका छ कि उनको हत्यापछि दुर्गन्ध नआओस् भन्नका लागि एसी खोलिएको हो। शवलाई पोस्टमार्टमका लागि लगिएको र रिपोर्ट आएपछि मात्र घटनाको तथ्य बाहिर आउने समाचारमा उल्लेख छ।

कृतिकाले फिल्म रज्जो र एकता कपुरको एक सिरियलमा काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्