महिला लिग विजेता टोलीलाई स्वागत



 

रवीन भट्टराई, ताप्लेजुङ

पहिलो पटक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता विजेता बनेको ताप्लेजुङका खेलाडीहरूलाई सोमबार ताप्लेजुङमा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ।
पाल्पामा शुक्रबार सम्पन्न भएको राष्ट्रिय फुटबल लिगमा ताप्लेजुङ विजेता बनेको हो। विजेता खेलाडीहरूलाई जिल्लाबासीले अभिनन्द गरी बाजासहित नगर परिक्रमा गराएको थियो। जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ ताप्लेजुङको सयुक्त आयोजनामा जिल्लाबासीले स्वागत तथा अभिनन्द गरेका हुन्।

ताप्लेजुङको टिमले कुनै पनि खेलमा गोल नखाई ३० गोल गरेर विजेता बनेको भन्दै खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति र फुटबल संघले नगद पुरस्कार दिने फुटबल संघका अध्यक्ष मोति पतँवाले बताए।

ताप्लेजुङले फाइनल खेलमा रौतहटलाई २–० को गोल अन्तरले हराएको थियो। यसअघि रौतहटसँग ताप्लेजुङको तीनपटक भेट भइसकेको थियो। जसमा तिनै पटक हार बेहोरेको थियो। यसपटक भने त्यसको ताप्लेजुङले बदला लिएको छ।

प्रतिक्रिया दिनुहोस्