नेपालको पहिलो कृषि विज्ञान केन्द्र मकवानपुरमा



हेटौंडा, (नेस) । मकवानपुरको थाहानगर–१ स्थित झम्केश्वरी माविको भवनमा नेपालको पहिलो कृषि विज्ञान केन्द्र स्थापना गरिएको छ । कृषि तथा बनविज्ञान विश्वविद्यालयद्वारा स्थापित केन्द्रको शनिबार विश्वविद्यालयका रजिष्ट्रार तथा निमित्त उपकुलपति प्राडा मनराज कोलाक्षपतिले उद्घाटन गरेका हुन् । बेमौसमी तरकारी भण्डारका रुपमा परिचित उक्त स्थानमा केन्द्र स्थापना भएको छ ।

उनले स्थानीयले भविष्यमा उक्त केन्द्र आंगिक कृषि क्याम्पसका रुपमा हेर्न चाहेको भन्दै केन्द्रले कृषि, बन, पशु र माछाका विषयमा स्थानीय किसानले भोगेका समस्याका विषयमा घरदैलोमा नै गएर सेवा दिने तथा उक्त समस्या विश्वविद्यालयसमक्ष लगेर अनुसन्धान गरी समस्या समाधानमा सघाइने बताए ।

कृषि शिक्षामा राज्यले दिएको दायित्व त्रिभुवन विश्वविद्यालयअन्तर्गत् कृषि र पशु विज्ञान अध्ययन संस्थान र बनविज्ञान क्याम्पसको जिम्मेवारी अध्यापनमात्र गराउने भएको तर शिक्षाका साथै अनुसन्धान र प्रसारविना शिक्षा कमजोर हुनेहु“दा विषयगत विश्वविद्यालय स्थापना गर्नुपरेको उनले बताए । उनले प्राध्यापक र विद्यार्थीलाई अनुसन्धानमा सहजताका लागि केन्द्र स्थापना भएको रजिष्ट्रार कलाक्षपतिले बताए । थाहानगरस“गै कालीकोट र गोरखामा केन्द्र स्थापना हुने जानकारी कलाक्षपतिले दिए ।

सांसद् सुवासचन्द्र ठकुरीले कृषि तथा बन क्षेत्रको विकास गर्न विश्वविद्यालय स्थापना भए पनि स्थानीय राजनीतिक दलहरुले अपनत्व ग्रहण नगरेकाले यसको विकासमा त्रिविले वाधा उत्पन्न गरेको दाबी गरे । सांसद् ठकुरीले सरकारको ‘एक नगर, एक पहिचान’ अन्तर्गत् थाहा नगरलाई कृषि तथा पर्यटकीय नगरका रुपमा विस्तार गर्ने योजनाअनुसार केन्द्रले थप पहिचान दिने बताए ।  कृषि बनका अनुसन्धान तथा प्रसार निर्देशक प्राडा नवराज देवकोटाले नेपालमा नमूना विश्वविद्यालयका रुपमा कृषि बन स्थापना गरे पनि त्रिविका कारण अराजकता जन्मिएको दाबी गरे ।

त्रिविभन्दा नया“ संरचनाअनुसार कृषि बन सञ्चालन भइरहेको बताउ“दै निर्देशक देवकोटाले अनुसन्धान, शिक्षण र प्रसारलाई लक्षित गरी कृषि र पशुक्षेत्रमा रहेकाहरुलाई अनुसन्धानको नतिजा उपलब्ध गराएर प्रविधि विकासमा सहयोग गर्ने लक्ष्य कृषि बनले लिएको बताए । उनका अनुसार हाल दरबन्दी स्वीकृत भइनसकेको कारण त्यहा“ एक जना प्राविधिक रहनेछन् भने अवश्यकताका आधारमा अन्य प्राविधिक र प्राध्यापक त्यहा“ पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्