पुर्वी रुकुममा निबार्चनको सबै तयारी पुरा



धनवीर दाहाल,रुकुम ।
प्रदेश नं ५ मा रहेका रुकुमका ३ गाँउपालिकामा यतिबेला चुनावी सरगर्मी बढेको छ । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निबार्चनका लागी रुकुमका राजनितिक दलहरु प्रचार अभियानमा व्यस्थ छन् ।

पहिलो चरणको निबार्चनमा ६ स्थानीय तहको निबार्चन सकिएपछि दलहरुले सबै शक्ति दोस्रो चरणको निबार्चनमा परिचालन गरेका छन् । प्रदेश नं ५ अन्र्नगतका सिस्ने गाँउपालिका, भुमेगाँउपालिका र पुथाउत्तरगंगा गाँउपालिकामा गरी जम्मा ३८ मतदान केन्द्र रहेका छन् ।

भुमे गाउँपालिकामा ८ हजार ५ सय ५५, सिस्ने गाउँपालिकामा ८ हजार ३ सय ६८ र पुथाउत्तरगंगा गाउँपालिकामा ७ हजार ५ सय ५८ मतदाता गरी जम्मा २४४८१ मतदाता रहेको मुख्य निबार्चन अधिकृतको कार्यालय रुकुमले जनाएको छ । मुख्य निबार्चन अधिकृतको कार्यालयले निबार्चनको सबै काम पुरा गरिसकेको सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रको प्रतिस्पर्धा रहेको रुकुमका यि स्थानीय तहमा यतिबेला मतदाता पनि निकै उत्साहित भएका छन् । तर कतिपय ठाँउहरुमा भने मतदाता यार्सा टिप्न बुकीतिर गएकोले उम्मेदवारहरु भोट माग्न नपाई फर्कने गरेका छन् ।

असार २ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा सम्म मतदाता गाँउ फर्कने बिश्वास उम्मेदवारहरुले गरेका छन् । मतदाता यार्सा टिप्न गएका कारण मतदाता शिक्षा भने प्रभाबित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्