नेपालगन्जमा बर्जरको स्टोर



काठमाडौं, (नेस)
बर्जर पेन्ट्सले एक्सक्लुसिभ शोरुम पेन्ट प्लसको नयाँ स्टोर बागेश्वरी कलर हाउस बसपार्क रोड नेपालगन्जमा विस्तार गरेको छ। एक्सक्लुसिभ स्टोरको हालै उद्घाटन भएको हो।

‘बुझ्नुहोस्, रोज्नुहोस् अनि रंगाउनुहोस्’ भन्ने नाराको साथ शुरुआत भएको पेन्ट प्लसको मुख्य उद्देश्य घरधनीलाई रङसम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ। पेन्टस् प्लसमा रङको साथ साथै ग्राहकको सुविधालाई मध्य नजर राख्दै इन्टेरियर डेकोरेटरद्वारा रङ सम्बन्धी परामर्श, घरको डिजिटल प्रिभ्यु, टच एन्ड फिल र विभिन्न रङबाट रोज्ने सुविधा जस्ता थप सुविधा एकै ठाउँमा उपलब्ध गराइने व्यवस्था छ।

नेपालमा रहेका अन्य पेन्टस् प्लसका स्टोरको सफलतासँगै ग्राहकलाई थप सुविधा दिने उद्देश्यका साथ नेपालगन्जमा पहिलो तथा एकमात्र यस बर्जर पेन्ट प्लस स्टोरको विस्तार गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्