श्रेष्ठले जिते सिजनको छैटौं उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टूर २०१६–१७अन्तर्गत आठौं र अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
श्रेष्ठले गोकर्ण गल्फ क्लबमा बिहीबार चार ओभर ७६ स्कोर गरे पनि उपाधि हात पारेका हुन्। नेपालका नम्बर एक गल्फरले १४ अन्डर २ सय ७४ स्कोर गरेका थिए। उनका प्रतिद्वन्द्वी सूर्यप्रसाद शर्माले २ ओभर ७४ र सञ्जय लामाले एक अन्डर ७१ स्कोर गर्नु पनि श्रेष्ठका लागि उपाधि जित्न कारक बनेको थियो। यो जित श्रेष्ठको करिअरको ३६औं हो भने यस सिजनको छैटौं उपाधि समेत थियो।

श्रेष्ठले अघिल्लो दिन ५४ होलसम्म शर्मामाथि ५ स्ट्रोकले र लामामाथि ८ स्ट्रोकले अग्रता लिएका थिए। अन्तिम दिन श्रेष्ठले १५औं र १७औं होलमा त्रिपल बोगी खेल्दा उपाधि हातबाट फुस्कने सम्भावना बढेको थियो। तर शर्माले पनि सोही दुई ओभरमा त्रिपल बोगी खेलेपछि श्रेष्ठलाई २ लाख २० हजार रुपियाँको चेक पाउनबाट वञ्चित गर्न सकेनन्।

शर्माले १० होलसम्म तीन स्ट्रोकको अग्र
ता बनाइसकेको स्थितिसमेत थियो। यस्तै शर्मासरह नै लामाले ११ अन्डर २ सय ७७ स्कोर गर्दा दुवै जना दोस्रो स्थानमा संयुक्त रूपमा रहे। दुवैले जनही १ लाख १२ हजार नगद प्राप्त गरेका थिए। यसैगरी धनबहादुर थापाले चौथो स्थानमा रहेर ७४ हजार नगद हासिल गरे।

यस्तै भुवन नगरकोटी पाँचौं स्थानमा रहेर ६५ हजार नगदको हकदार भएका थिए। अन्यमा च्याम्पियन श्रेष्ठका भाइ जयराम श्रेष्ठले ६० हजार तथा राजेन्द्र थापामगरले ५५ हजार रुपियाँ प्राप्त गरे

प्रतिक्रिया दिनुहोस्