नवनिर्वाचित प्रधानमन्त्री देउवाद्धारा पदभार ग्रहण, राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर



नेपाल समाचारपत्र, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिए लगतै सिंहदरबार पुगेर देउवाले पदभार सम्हालेका छन् ।

देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर पनि गरेका छन । यस्तै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्