महरा उपप्रधान तथा परराष्ट्र र प्रभाकर गृहमन्त्री, देउवा सरकारलाई पौडेलको असहयोग



नेपाल समाचारपत्र, काठमाडौं । देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले उनी उपप्रधान तथा परराष्ट्रमन्त्री लिएर गर्ने भएका छन् । भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बन्ने भएका छन् ।
माओवादी हेडक्वाटरको बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।

यस्तै गृहमा जर्नादनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।

यता नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ ।
कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट भएर असहयोग गर्न तिर लागेको बुझिएको छ ।

बुधबार बिहान बुढानिलकण्ठस्थित निवासमा देउवा बधाई ग्रहण गर्न व्यस्त भइरहेको बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा पौडेल समूहका नेताहरुको बैठक बसेको थियो ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पौने २ बजे देउवाको सपथग्रहण समारोह राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्