गुण्डा नाइके गोर्खाली पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौं प्रहरीले राजधानीका चर्चित डन राजु गोर्खाली र उनको सहयोगीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले गोर्खाली र उनका सहयोगी देवेन्द्र सुवेदीलाई पक्राउ गरेको हो।

राजधानीमा विभिन्न व्यापारिक घरानालाई धम्क्याएर हप्ता असुली गर्ने गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिनुभयो।

पक्राउ परेका दुवैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। एक समय राजधानीमा एकछत्ररूपमा गुण्डाराज चलाउँदै आएका गोर्खालीले प्रशासनको आडमा विभिन्न व्यक्तिको हत्या गरेपछि फरार भएका थिए। पछि प्रहरीले पक्राउ गरी लामो समय जेल जीवन बिताएका गोर्खाली जेलबाट छुटेपछि व्यापार व्यवसायमा लागेको भए पनि पछिल्लोपटक भने फेरी आफ्नो पुरानो पेसालाई निरन्तरता दिएपछि प्रहरीको खोजीको सूचीमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्