भरतपुर महानगरको निर्वाचनः सर्बोच्च अदालतले आज के भन्ला ?



 

काठमाडौं,(नेस) । भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा हिजो आइतबार दायर गरिएको रिटका बारेमा आज न्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासमा सुनाई हुने भएको छ ।

आज सर्बोच्चले दिने आदेशले त्यहाँ निर्वाचन आयोगले भने झैं पुनः मतदान गर्ने कि मतगणना गर्ने भन्ने कुराको टुंगो लगाउनेछ । यही प्रकरणका कारण प्रमुख विपक्षी एमालेले संसद अवरुद्ध गर्दै आएकोले प्रधानमन्त्री पदकोलागि आइतबार निर्वाचन समेत हुन सकेको थिएन ।
भरतपुर महानगरपालिकाको १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गराएका हुन् । रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।
सर्बोच्चको आदेश पर्खनकै लागि प्रमुख विपक्षीले प्रधानमन्त्रीको निर्वाचनका लागि भोलि मंगलबार सम्मको समय मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्