प्रिफेब भन्नाले पूर्वनिर्मित संरचना भन्ने बुझिन्छ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै खालका घर तथा भवन निर्माणका लागि आवश्यक सामान पहिले नै फ्याक्ट्रीमा उत्पादन गर्ने र पछि जडान गरी छोटो समयमा नै तयार पारिने पूर्ण संरचनालाई प्रिफेब भनिन्छ। जसमा घरको एक कोठादेखि ठूला भवनसम्म हुनसक्छन्। घर, पसल, विद्यालय तथा कार्यालय निर्माणमा प्रिफेब प्रयोग गर्न सकिने प्रिफेब उद्योगी व्यवसायीको भनाइ छ।

यति नै संख्यामा प्रिफेबको निर्माणबाट बनेका भवन भन्न नसके पनि अहिले भूकम्पछि विभिन्न परियोजना कार्यालयले निर्माणमा प्रिफेबलाई आफ्नो साधन बनाएका छन्। विदेशी दाताहरूले विद्यालय, स्वास्थ्य चौकी, शौचालय, अस्थाई भवन पनि सबै प्रिफेबका छन्। दीर्घकालीन भन्दा पनि अल्पकालीन समयका लागि बनाएको घर प्रायः प्रिफेबका हुने गरेको नेपाः टप उद्योगका अध्यक्षय दीपक श्रेष्ठले बताउनुभयो ।

‘सस्तो सुलभ हुने र भूकम्प प्रतिरोधी भवनमैत्री भएकाले भूकम्पपछि प्रिफेबको माग बढिरहेको छ,’ श्रेष्ठले भन्नुभयो। त्यस्तै वातावरण अनुकुल हुने भएकाले बसोबसको लागि उपयुक्त रहेको श्रेष्ठको भनाइ छ।

प्रिफेबको घरमा गर्मीमा असाध्यै गर्मी पनि हुन्न, जाडोमा धेरै जाडो पनि हुन्न। सबै किसिमको हावापानी भएको क्षेत्रमा समेत यो प्रयोग गर्न सकिन्छ। अवस्था तथा ठाउँ हेरेर यस्ता निर्माण गरिन सकिन्छ। उपभोक्ताले जस्तो माग्यो कम्पनीले त्यही अनुसारका संरचना निर्माण गरिदिने गरेका कम्पनीको भनाइ छ।

उद्योगले आकारमा र घरका विभिन्न भाग निर्माण गर्छ। त्यसपछि निर्माणस्थलमा लगेर जोडिन्छ जसले गर्दा छोटो समयमा नै एउटा घर बनाउन सकिन्छ। यस्तो घर निर्माण गर्न धेरै निर्माण सामग्री नचाहिने भएकाले कंक्रिट घरको विकल्पका रूपमा विकसित हुँदै गएको छ। भूकम्पलगायत प्राकृतिक विपत्तिमा हुने क्षति कम गर्न सकिन्छ। यसको मूल्य पनि अन्य घरभन्दा आधा कम हुन्छ। साधारण चार कोठे घर बनाउन एक हजार वर्ग फुटको क्षेत्रफल आवश्यक हुन्छ। तर प्रिफेबको घर बनाउँदा पर्खाल पातलो हुने भएकाले ६ सय वर्ग फुटमात्र जमीन भए पग्छ। यसको मतलब एउटा परिवार बस्न मिल्ने खालको एक तल्ले घर बनाउन ८ लाख रुपियाँ लाग्छ। यसको मतलब १६ लाख रुपियाँ भए दुईतल्ले घर बनाउन सकिन्छ। विपद् व्यवस्थापनका लागि सरकारले पहल लिएमा सस्तोमा घर बनाउन सकिने प्रिफेब संरचना निर्माणमा संलग्न नेपाः टप कम्पनीको दाबी छ।
उत्पादन तथा निर्माणमा ३ किसिमिका चरण हुन्छन्। सबै लेयर कम्पनीले नै हेर्छ नेपाःटपले गर्दै आएको श्रेष्ठको भनाइ छ ।

नेपालमा प्रिफेब विदेशीले भित्र्याएका थिए। प्रिफेब प्रविधि सन् २००४ सालतिर नेपालमा व्यावसायिक रूपमा भिएको यसमा संलग्न उद्योगीहरूको दाबी छ ।
नेपालमा दुई खालको प्रिफेब बनाउने गरिएको छ। पहिलो, प्रिफेबमा सिमेन्टको पलास्टर गरेर मध्यकालीन यो घर १५ देखि २० वर्ष चल्छ। दोस्रो, लाइट गेज स्ट्रक्चर यो चार तल्लासम्म अग्लो ठूलो भवन बनाउन सकिन्छ, जुन पाँच दशकसम्म ढुक्कले प्रयोग गर्न सकिन्छ । तौल कम हुने हुँदा यसको जग पनि कंक्रिटका घरजस्तो खर्चिलो हुँदैन।

यस्ता घर वातावरण अनुसार निर्माण गर्न सकिन्छ घाम, पानीमा पनि केही नहुने जनाइएको छ । हावाको तीब्रता, त्यहाँको तापक्रम आदि विचार गरेर त्यसलाई सहन सक्ने निर्माण सामग्री प्रयोग गर्न सकिन्छ।
त्यसो त प्रिफेब निर्माण गर्ने कम्पनीका चुनौति पनि कम छैनन्। सरकारले स्वदेशी प्रिफेबलाई प्राथमिकताका उपभोगमा उत्प्ररित गर्न उद्योगीहरूको माग छ।

आयातित भन्दा स्वदेशमा नै उत्पादित सामग्रीको प्रयोगमा जोड दिएको छ।
प्रिफेब घर निर्माणको सबैभन्दा ठूलो समस्या नै कानुनी समस्या हो। बनाउन समय लाग्दैन तर नक्सा पासमा धेरै समय लाग्ने गरेको छ। त्यस्तै आयातित प्रिफेबको प्रयोग निरुत्साहित गर्दै सरकारले स्थानीयस्तरमै यस्ता उद्योग सञ्चालनमा प्रवद्र्धन गर्न जरुरी छ। त्यसका लागि नेपालमै सञ्चालति उद्योगले समेत पहल गर्दै आएका छन्।

शिक्षा विभागले यही सामग्री प्रयोग गरी भवन निर्माण गर्न निर्देशन दिएको छ भने स्वास्थ चौकीतर्फ भने फरक नीति रहेको छ। सरकारले नै फरक धारणा राखेकोमा व्यवसायीहरू निरुत्साहित छन्। नेपाः टपले काठमाडौंको तारकेश्वर नगरपालिका–६मा कारखाना राखेर उत्पादन गर्दै आएको छ।

LEAVE A REPLY