घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा



(गौरीपार्वती निर्माण सेवाका सिभिल इन्जिनियर विशाल थापासँग मनोज रेग्मीले गरेको कुराकानीमा आधारित)

नेपालमा विषेश गरी दुई प्रकारका घर निर्माण गर्ने गरेको देखिन्छ। ग्रामीण क्षेत्रमा घर माटोको जोडाइमा ढुंगाको प्रयोग गरी बनाइने घर तथा शहरी क्षेत्रमा सिमेन्ट तथा छडको प्रयोगबाट बन्ने घर बढी प्रचलनमा छन्। माटो र ढुंगाको प्रयोग गरी बनाइएका परम्परागत शैलीका घरभन्दा सिमेन्ट तथा छडको प्रयोगबाट बनाइएका घर तुलनात्मक रूपमा बलियो र आकर्षक मानिन्छ। माटोका घर सामान्य र कम लागतमा बनाउन सकिन्छ भने सिमेन्ट र छडको प्रयोग गरी बनाइएका घरलाई बढी ध्यानमा पुर्याएर बनाउनुपर्छ।


आवासीय घरमा १२⁄१२ को पिलर राख्ने र जम्मा तीन तलासम्मको घर मात्रै बनाउने गर्नुपर्छ। तर १२⁄१२ को पिलर राख्ने अनि ५⁄६ तलासम्मको घर बनाउने गर्नाले घर जोखिममा पर्छ। कंक्रिटको घर निर्माण गर्दा अर्को महत्वपूर्ण कुरा भनेको भुइँतला खुला गरेर माथिल्लो तलामा मात्रै ठूलो गाह्रो लगाउनु हो।


घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा
जग्गा र माटोको परीक्षणपछि घरको डिजाइन कस्तो बनाउने भन्ने हुन्छ। घरको डिजाइन मुख्य गरेर दुई किसिमको हुन्छ। आर्किटेक्चरल र स्ट्रकचरल डिजाइन भन्ने गरिन्छ। आर्किटेक्चरल डिजाइन भन्नाले घरको बनोट, कोठा, भान्साकोठा, चर्पीको ढाँचा, झ्याल, ढोका कस्तो प्रकारका राख्ने र कहाँ राख्नेलगायतका कुरा पर्छन्। त्यस्तै जग कति फिटको हाल्ने, पिलर कत्तिको मोटाइमा हाल्ने, गाह्रो कसरी लगाउने, रिङ कस्तो प्रयोग गर्ने, रडको मोटाइ कति गर्ने, बालुवा र सिमेन्ट कस्तो प्रयोग गर्नेलगायतका कुरालाई स्ट्रक्चरल डिजाइन भनिन्छ। आवासीय घरमा १२⁄१२ इन्चको पिलर राख्ने र जम्मा तीन तलासम्मको घर मात्रै बनाउने गर्नुपर्छ। तर १२⁄१२ को पिलर राख्ने अनि ५⁄६ तल्लासम्मको घर बनाउने गर्नाले घर जोखिममा पर्छ।

कंक्रिटको घर निर्माण गर्दा अर्को महत्त्वपूर्ण कुरा भनेको भुइँतला खुला गरेर माथिल्लो तल्लामा मात्रै ठूलो गाह्रो लगाउनु हो। यस्तो गर्दा माथिल्लो तलाको भार बढी भई घरलाई धरापमा पार्न सक्छ। त्यसैले घर बनाउँदा सकेसम्म भार कम हुने गरी बनाउनुपर्छ। भुइँतलामा पसल, शो–रुम, गोदाम, रेस्टुरेन्ट, गाडी पार्किङ अथवा गाडी छिर्ने गरी घरभित्र बनाएको बाटोलगायतका कारणले गर्दा भूकम्पमा त्यस्तो तला नै थिचिएको भेटिएको छ।

घर निर्माणकै क्रममा अर्को महत्त्वपूर्ण कुरा बिममा डण्डीको प्रयोग हो। डण्डीलाई पिलरको डण्डीभन्दा बाहिर पठाएर घर निर्माण गर्दा दिगो हुँदैन। पिलर सिस्टम र आधुनिक प्रकारका निर्माणसम्बन्धी जानकारी नभएका डकर्मीलाई घर निर्माण गराउँदा वा इन्जिनियर को प्रत्यक्ष निगरानी नगराउँदा यस्ता समस्या निम्तिन सक्छन्।

त्यस्तै डण्डी जोड्दा जोडाइको लम्बाइ पुग्ने गरी जोड्नुपर्छ। त्यति मात्र नभई डण्डी जोड्दा बिम र पिलरको जोर्नीमा जोड्नु हुँदैन। यस्तै डण्डी मात्रा अलिक धेरै राख्नुपर्छ। भुइँतलामा त झनै बढी डण्डीको प्रयोग गर्नुपर्छ। घर बनाउँदा अर्को महत्त्वपूर्ण कुरा भनेको ढलान हो। ढलान गर्दा बालुवा, गिट्टी र सिमेन्ट राम्रो हुनु अत्यान्तै जरुरी देखिन्छ। ढलान निकै पातलो गर्नु हुँदैन र अति बाक्लो पनि गर्नु हुँदैन। ढलान गर्दा सिमेन्ट पानीको सम्पर्कमा आएको आधा घण्टाभित्र ढलान फर्मामा राखिसक्नुपर्छ।

कंक्रिट कसरी बन्छ ?
सिमेन्ट, बालुवा र रोडालाई चाहिने अनुपातमा पानी मिसाएर घोलेर कंक्रिट बनाउने गरिन्छ। यसरी कंक्रिट बनाउँदा कति भारवहन क्षमताको चाहिने हो त्यही अनुसार सिमेन्ट, बालुवा, रोडा र पानी मिलाउनुपर्छ। जस्तो बोलीचालीमा भनिने गर्छ १⁄२⁄४ कंक्रिटको क्षमता एम २०, एम २५, एम ३० ग्रेड अर्थात् २०⁄२५⁄३० मेगापास्कल हुन्छ। हरेक संरचनाले लिनुपर्ने भारको हिसाब गरेर कुन क्षमताको कंक्रिट चाहिन्छ त्यस्तै प्रकारको कंक्रिटको छनोट गर्नाले निर्माण सुरक्षित हुन्छ।

ठेकेदारको छनोट
घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको चयन गर्नु महत्त्वपूर्ण कुरा हो। मुख्यतया तालिम प्राप्त ठेकेदारको प्रयोग गर्र्नु निकै नै उचित हुन्छ। घर निर्माण सम्बन्धी सम्पूर्ण कुराको ज्ञान भएको ठेकेदारको प्रयोग गर्नुपर्छ। ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ। यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ।

कति लाग्छ खर्च ?
आफूले दिनरात दुःख गरेर जम्मा गरेको रकमले एउटा बलियो र सुन्दर घर बनाउने चाहाना सबैको हुन्छ। तर, रहरमा घर बनाउँदा हामी आफू पनि चनाखो भने हुनैपर्छ। घर बनाउँदा उपयुक्त मौसममा निमार्ण कार्य शुरू गर्नुपर्छ। जुनसुकै समयमा घर बनाउँदा हावाहुरी र पानीका कारणले काममा बाधा आउने र लागत बढी लाग्न सक्छ। घरको सम्पूर्ण खर्चको ५५ देखि ६० प्रतिशत खर्च घर बनाउने निर्माण सामग्रीमा लाग्ने गर्छ। यसैले, बालुवा, सिमेन्ट, रड, इँटालगायतका एकै गुणस्तरका सामान पनि ठाउँ अनुसार महँगो पर्ने भएकाले बजारभाउ बुझेर मात्र खरिद गर्नु उचित हुन्छ।

देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ। यस्तै घर निर्माणको सम्पूर्ण खर्चको २५ देखि ३५ प्रतिशतअन्य जस्तै भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रयोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरिद गर्नुपर्छ।

बलियो घरका लागि जमिनको छनोट
बलियो र आकर्षक घर बनाउन सबैभन्दा पहिला जमिनको छनोट महत्त्वपूर्ण हुन्छ। जमीन बलियो छैन भने भूकम्पका कारण घरमा धेरै क्षति पुग्ने सम्भावना हुन्छ। घर निर्माण गर्दा माटोको परीक्षण गर्नु जरुरी छ। कमजोर माटो भएको, भिरालो जमीनमा घर बनाउँदा जमीनले धेरै भार धान्न नसक्ने भएको हुँदा त्यस्तो ठाउँमा केवल सामान्य आवासको लागि मात्रै घर बनाउँदा उचित हुन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्