बूढीगण्डकी निर्माण गर्न गेजुवासँग सम्झौता



नेपाल समाचारपत्र
काठमाडौं
सरकार र चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न आइतबार सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा ऊर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसीका अध्यक्ष लिउ झङले हस्ताक्षर गर्नुभएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बूढीगण्डकी आयोजना धेरै महत्त्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीय ढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत यु होङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलगायतका अधिकारीको सहभागिता थियो। मन्त्रिपरिषद् जेठ ९ गतेको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्