एनसेलले पुँजीगत लाभकर तिर्यो



काठमाडौं, (नेस)
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकरवापत १३ अर्ब रुपियाँभन्दा बढी रकम बुझाएको छ। आइतबार एनसेलले ठूला करदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार ७ सय ११ रुपियाँ बुझाएको हो।

यसअघि पनि एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपियाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो।

टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व बेचेवापतको लाभ कर एनसेलले तिरेको हो। स्रोतका अनुसार एक्जिएटाले आफ्नो दायित्वमा पर्ने सबै रकम नेपाल सरकारलाई भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्