महानिर्देशक शर्मालाई म्याद थपका लागि विशेष अदालत लगियो



काठमाडौं, नेस ।
भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई आज आईतबार विशेष अदालत लगिएकोछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोशाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई म्याद थपका लागि विशेष अदालतमा लगिएको हो ।

अदालत परिसरमा सुरक्षा घेरा भित्रैबाट विभागका महानिर्देशक शर्माले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्थाअनुसार विधिसम्मत काम गरेको दाबी गरे।

आफूमाथि लागेको आरोप कर फर्छ्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको उनको प्रतिक्रिया थियो।

कर फर्छ्यौट आयोगमार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्