लण्डन ब्रिज आक्रमण : ६ जनाको मृत्यु ,३० घाइते



लण्डन  ।
बेलायतको लण्डनमा भएको आतंककारी आक्रमणमा परी ६ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढि घाइते भएका छन् ।

लण्डन ब्रिज र बोरोउघ बजारमा तीब्र गतिमा आएको भ्यानले पदैल यात्रीलाई ठक्कर दिएको थियो । त्यसपछि भ्यानमा रहेका व्यक्ति हामफालेका थिए । उक्त व्यक्तिको समुहले सर्वसाधारण र प्रहरीमाथि हतियार प्रहार गर्दै स्थीती तनावग्रस्त बनाएका थिए ।

घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् भने प्रहरीको कारवाहीमा आरोपितको पनि ज्यान गएको छ ।

घटनापछि लण्डन ब्रिजमा रहेको रेल स्टेसन बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्