ओबामाले ८१ लाख डलरको घर किने



वासिङटन (एजेन्सी)
अमेरिकाका पुर्व राष्टपति बाराक ओबामाको परिवारले वासिङटनमा आफुहरू भाडामा बसेकै घर किनेका छन्।

९ वटा सयनकक्ष भएको उक्त घर सहरको पास इलाकाको कोराममा अवस्थित छ र उनीहरूले उक्त घर ८१ लाख अमेरिकी डलरमा किनेको हो।

ओबामाकी १५ बर्षिय सानी छोरी सासाको हाइस्कुल पुरा नभएसम्म ओबामा परिवार वासिंगटनमै रहनेछ। जनवरीमा कार्यकाल समाप्त भएपछि पुर्व राष्टपति ओबामा र उनकी पत्नी मिसेल ओबामा विश्व भ्रमण गरिरहेका छन्।

ओबामाका प्रवक्ता केविन लुइसले घर किनेको पुष्टि गर्दै ओबामा आगामी साढे दुई बर्ष वासिङटनमै बस्ने र त्यसका लागि उनका लागि घर किन्नु नै सहि फैसला भएको बताए।

अमेरिकाको जासुसी सेवाको एजेन्टले उक्त घरलाई चौबिसै घण्टा निगरानी गर्नेछ। ओबामा परिवारको सिकागोमा पनि एउटा घर छ। उनले उक्त घर पुर्व राष्टपति बिल क्लिन्टनका प्रेस सचिव जो लकहर्टसँग किनेका थिए।

ओबामाको नयाँ घरसँगै अनलाई कम्पनी अमेजनका मालिक जेफ बेजोसको पनि घर रहेको छ। राष्टपति ट्रम्पकी छोरी इवान्काको घर पनि ओबामाको घर नजिकै छ।

प्रतिक्रिया दिनुहोस्