अरब खेलाडी तेस्रो चरणमा



पेरिस, (एजेन्सी)
ट्युनीसियाकी ओन्स जाबेउर कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको तेस्रो चरणमा पुग्ने पहिलो अरब महिला खेलाडी बनेकी छन्।

बुधबार २२ वर्षीया खेलाडीले फ्रेन्चओपनमा डोमिनिका चिबुल्कोभालाई ६–४, ६–३ ले हराएकी थिइन्। जाबेउर १ सय १४ औं स्थानमा छिन् भने स्लोभाकियाकी चिबुल्कोभा छैटो वरियता प्राप्त खेलाडी हुन्। योसँगै महिलातर्फ शीर्ष १० भित्रका तीन खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन्।

यसअघि अरब महिला खेलाडीमा सेलीमा सफरले ग्रान्डस्लाम प्रतियोगितामा दोस्रो चरणसम्म पुग्नु नै राम्रो नतिजा थियो। ट्युनीसीयाली सेलीले २ पटक फ्रेन्च ओपन, ३ पटक विम्बल्डनमा र १ पटक यूएस ओपनको दोस्रो चरणमा स्थान बनाएकी थिइन्। जाबेउर भने २०११ मा सम्पन्न फ्रेन्च ओपन गल्र्स च्याम्पियनसमेत थिइन्।

प्रतिक्रिया दिनुहोस्