लुटपाटपछि महिलाको हत्या



रामधन राई,खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमाया बिश्वकर्माको हत्या भएको छ । घाँस र स्याउला काट्नका लागि जंगल पुगेर फर्कँदै गरेकी विकको खुकुरी प्रहारबाट हत्या गरिएको हो ।

सोमबार साँझ भएको अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । बिकको हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

घट्नास्थल प्रकृति मुचुल्का, लाश जाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । हत्यापछि बिकको रिङ, फुली र सौभाग्य लुटेको पाइएको छ ।

बिकको हलेसी–दिक्तेल सडकको घुम्तीबाट ईलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा हत्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्