व्यवसायी श्रेष्ठको निधन



नेपाल समाचारपत्र
काठमाडौं
र्याडिसन होटलका प्रबन्ध निर्देशक बिके श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित निवासमा मंगलबार बिहान ६४ वर्षको उमेरमा निधन भएको छ। विगत २ वर्षदेखि फोक्सोको क्यान्सबाट पिडित श्रेष्ठ पर्यटन व्यावसाय क्षेत्रमा अग्रज मानिनुहुन्थो।

हिमालयन टुर्स एण्ड ट्राभल्सबाट पर्यटन व्यावसाय शुरु गर्नु भएको श्रेष्ठले सन् १९९८ मा र्याडिसन होटलको स्थापना गरेर होटल व्यावसाय क्षेत्रमा प्रवेश गर्नुभएको थियो। होटल एसोसिएसन (हान) नेपालका अध्यक्ष अमरमान शाक्यका अनुसार पोखराको ग्राण्ड र चितवनमासमेत होटल सञ्चालन गरिरहनुभएका श्रेष्ठ होटल एसोसिएसन नेपाल (हान) पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो।

श्रेष्ठको बरामी भएपछि होटलको व्यावस्थापन उहाँको माइली छोरीले समाल्दै आनउनुभएको छ। विगत ४० वर्षदेखि पर्यटन र होटलको प्र्रर्वद्धनमा सक्रिय श्रेष्ठले अन्तराष्ट्रियस्तरको चेन होटल सञ्चालनमा ल्याएर नेपालमा होटल व्यावसायको शुरुआत गर्नुभएको थियो। श्रेष्ठको निधनले पर्यटन क्षेत्रका लागि ठूलो क्षती पुगेको हानका अध्यक्ष शाक्यले बताउनुभयो। श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघमा पर्यटन समितिमा रहेरसमेत काम गर्नुभएको थियो। श्रेष्ठले डेढ दशक कार्यसमिति सदस्यमा रहेर काम गर्नुभएको थियो।

श्रेष्ठ संस्थापक रहेको हिमालयन ट्राभल एन्ड टुरले ५०औँ वर्ष गाँठ मनाउँदै लाग्दा संस्थापक श्रेष्ठलाई भने गुमाउनुपरेको छ। संस्थापक श्रेष्ठले तारे होटलहरूको व्यावसायिकीकरण गरी पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। नेपाल जर्मन चेम्बर अफ कर्मसका सीइओ सरस्वती महर्जनका अनुसार पर्यटन क्षेत्रमा पायोनियर हुनुहुन्थो। श्रेष्ठले सन् १९९७ देखि २००३ सम्म नेपाल जर्मन चेम्बर अफ कर्मसका अध्यक्षसमेत रहेरकाम गर्नुभएको थियो। सीइओ महर्जनले भन्नुभयो– ‘उहाँ सबै खाले ट्रेड फियरहरूमा संलग्न हुँदै आउनुभएको थियो पर्यटन उद्योगले एउटा विशिष्ट हस्ती गुमाएको छ।’
नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल भन्नुहुन्छ– ‘श्रेष्ठको निधनले निजी क्षेत्रले मेहनती मिलनसार र मार्गदर्शक अभिभावक गुमाएको छ।’ विगतको स्मरण गर्दै उपाध्यक्ष ढकालले भन्नुभयो– ‘हामीले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल जर्मन चेम्बर अफ कर्मसमा सँगै रहेर काम गरेका थियौं।

श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि दिउँसो र्र्यािडसन होटलमा उद्योगी व्यावसायीहरूको बाक्लो उपस्थिति थियो। विस २०१० सालमा जन्मिएका श्रेष्ठका श्रीमती ३ छोराछोरी रहेका छन्। प्युखामा भएको घरमा आगलागीमा पेरर पहिलो श्रीमती र छोराछोरीको जलेर मृत्यु भएको थियो। त्यसपछि श्रेष्ठले दोस्रो विवाह भएको थियो।

श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ। श्रेष्ठको पार्थिव शरीरमा उहाँका माईली र कान्छी छोरीले दागबत्ती दिनुभएको थियो। जेठी छोरी भने अमेरिकामा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्