सहयोग गर्ने साझा पार्टीको प्रतिबद्धता



काठमाडौं, (नेस)। साझा पार्टीले काठमाडौं महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिनुभएका क्रमशः किशोर थापा र निरुपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ।

पार्टी निर्माणको प्रक्रिया शुरु गरिएको ६ हप्तामै कहींकतै सङ्गठन निर्माण नगरी उम्मेदवारी दिँदा पनि कडा प्रतिस्पर्धामाझ दुवै उम्मेदवार राम्रो स्थानमा आउनु मतदाताले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिइएको तथ्यको स्पष्ट संकेत भएको प्रवक्ता प्राडा सूर्यराज आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले कामपा प्रमुख र उपप्रमुखमा निर्वाचित नेकपा एमालेका विद्यासुन्दर शाक्य तथा नेपाली कांगे्रसकी हरिप्रभा खड्गीलाई बधाई दिँदै उहाँहरूको नेतृत्वमा देशको राजधानी शहरको सपना पूरा होस् भन्ने कामना गरेको छ। नवनिर्वाचित नेतृत्वलाई पार्टीका तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्