एभरेस्ट अल्ट्रा रेसमा राजन पहिलो



कठमाडौं, (नेस)
नेपाल आर्मीका राजन खत्रीले पहिलो खुला कैलाश काठमाडौं एभरेस्ट अल्ट्रा दौडको उपाधि हात पारेका छन्।

नेपाल माउन्टेन रनिङ संघको आयोजनामा शनिबार काठमाडौंको चोभारदेखि शुरू भएर चाल्नाखेल–चार भञ्ज्याङ–हात्तीवन रिसोर्ट–चम्पादेवी हँुदै चोभार जलविनायक मन्दिरमा आएर समापन भएको थियो। त्यस्तै दोस्रो, तेस्रो र चौथोमा क्रमशः आर्मीकै टीकाराज कटवाल, हरि रिमाल र रामजी बस्नेतले लिएका थिए। करिब १५ दशमलव २ किमि रहेको दौडमा खत्रीले १ घण्टा ३५ मिनेट, कटवालले १ घण्टा ३८ मिनेटमा पूरा गरे। त्यस्तै रिमालले १ घण्टा ४० मिनेट र बस्नेतल े१ घण्टा ४० मि ५१ से समय लगाएका थिए। नवराज साउत १ घण्टा ४१ मिनेटमा दूरी पार गर्दै पाँचौं स्थानमा रहे। पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय तथा मेडलसहित प्रमाणपत्र प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्