दुई हजार क्विन्टल जडीबुटी निकासी



रुकुम, १२ जेठ । चालु आवको नौ महिनामा दुई हजार क्विन्टल जडीबुटी जिल्ला बाहिर निकासी भएको छ ।

साउनदेखि वैशाखसम्ममा सो परिमाणको विभिन्न प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको हो । जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालका अनुसार गत वर्ष जिल्लाबाट तीन हजार ४२८ क्विन्टल जडीबुटी निकासी भएको थियो ।

कार्यालयका अनुसार जिल्लाबाट पाखनबेद, जटामसी, पदमचाल्लो, यार्सागुम्बा, टिम्मुर, अमला, पावनको बोक्रा, धुपीसल्लाको पातलगायत जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट रु २० लाख ५५ हजार राजस्व सङ्कलन जयसवालले बताउनुभयो । जडीबुटी निकासीबाट रु तीन करोडभन्दा बढी रकम भित्रिएको छ ।

जडीबुटी उत्पादनका लागि कार्यालयले जिल्लाका विभिन्न ठाउँमा पकेटक्षेत्र घोषणा गरी किसानलाई अनुदान समेत प्रदान गर्दैआएको छ । टिम्मुरखेती, रोजमेरी, पदमचाल्लो, धूपीलगायत जडीबुटी उत्पादनका लागि अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्