एनसेलको योन्डर म्युजिक एप



नेपाल समाचारपत्र
काठमाडौ
एनसेलले योन्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाट फर्म सार्वजनिक गरेको छ। जस अन्र्तगत ग्राहकले अब धेरैभन्दा धेरै गीत सुन्न तथा डाउनलोड गर्न सक्नेछन्। एनसेलले अमेरिका अवस्थित योन्डर म्युजिक इङकसँग सहकार्य गर्दै नेपालमा योन्डर म्युजिक एप ल्याएको हो।

योन्डर म्युजिक एप सबैभन्दा धेरै नेपाली गीत समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो। एनसेलका ग्राहकले शुक्रबारबाट यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुरानादेखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरूको अनलाइन तथा अफलाइन मज्जा लिन सक्नेछन्।

यस योन्डर म्युजिक एपअन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोडभन्दा बढी नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरू अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन्। मोबाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ।

शुरूमा अन्य नेटवर्कमा पनि उपलब्ध भए पनि सार्वजनिक भएको एक महिनापछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ। अर्थात् एक महिनापश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन्।

‘आफ्ना ग्राहकका लागि योन्डर म्युजिक एप नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौं। यो नेपालका लागि म्युजिक स्ट्रिमिङ सेवामा नयाँ युगको शुरूवात हो। नेपाली गीत–संगीतहरू सहितको ठूलो सांगीतिक सामग्री रहेको यो एपले सधैं थप सामग्री खोज्ने हाम्रा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र नेपाली गीत–संगीत उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भन्नुभयो।
ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन्। एपमा रेजिष्ट्रे«शनपश्चात वाईफाई वा मोबाइल डेटा दुवै माध्यमबाट गीत डाउनलोड गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्