समिता र संस्कृति सेमिफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका समिता राई र संस्कृति कार्की १०औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला ४५ केजी तौलसमूहमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

समिताले नेपालकै आकृति चौधरी र संस्कृतिले पनि नेपालकै देवी राईलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको महिला ५० केजीमा नेपालका सीता तामाङ र आकृति चौधरी, ५५ केजीमा नेपालका लक्ष्मी दुलाल र सुनीता मगर, २० केजीमा नेपालका सपना बुढा मगर र शर्मिला केसी, २५ केजीमा रूपा थापा र अस्मिता मोक्तान, ३० केजीमा सरिता तामाङ र निशा श्रेष्ठ, ३५ केजीमा विजया मगर र आरती चौधरी, ४० केजीमा नेपालका पूजा ओली र सुजना तामाङ तथा खुलमा नेपालका कृषा शेर्पा र सुनीता मगरले अन्तिम चारमा यात्रा तय गरे।

नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगिताको महिला १२ वर्षमुनि नेपालका सरिता तामाङ र निरुता रिजाल, १५ वर्षमुनि पूजा ओली र अस्मिता बजगाईं तथा १८ वर्षमुनि कृषा शेर्पा र सुनीता मगर अन्तिम चारमा पुगे।
पुरुषको २० केजीमा नेपालका फ्रिजल शाही र अमन रोका, २५ केजीमा नेपालका सुशान्त सेढाईं र कान्साङ तामाङ, ३० केजीमा नेपालका निखेल केसी र प्रेम चौधरी, ३५ केजीमा नेपालका स्पर्श श्रेष्ठ र धनबहादुर सुनवार, ४० केजीमा नेपालका प्रदीप राई र सरोज दाहाल, ४५ केजीमा नेपालका राकेश दास र सञ्जय राई, ५० केजीमा नेपालका सन्तोष कार्की र पेम्बा शेर्पा, ५५ केजीमा नेपालका विवस निराला र सुशान्त मोडक, ६० केजीमा नेपालका विकास तामाङ र निरोज श्रेष्ठ, ६७ केजीमा नेपालका विनोद रोका र रियुराज सुवेदी तथा खुलामा नेपालका सुशान्त मोडक र विनोद रोकाले अन्तिम चारको स्थान सुरक्षित गरे। प्रतियोगिता आज सम्पन्न हुँदै छ।

प्रतिक्रिया दिनुहोस्