महोत्तरीको पहिलो बालविवाहमुक्त वडा घोषणा



लक्ष्मी कुमार साह,महोत्तरी ।

महोत्तरीको बर्दिवास नगरपालिको दुई वडालाई बुधबार जिल्लामै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । महोतरीको वर्दिवासमा आयोजित एक कार्यक्रम गरी वर्दिवास नगरपालिका वडा नं. १० र ११ (खयरामारा)लाई बालबिवाहमुक्त वडा घोषणा गरिएको हो ।

बर्दिवास नगरपालिकाको आयोजनामा तथा महिला संस्कृति उत्थान केन्द्रको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा वक्ताले यो वडाहरुमा मात्र होइन कि जिल्लाभरि नै बालविवाहमुक्त हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सचिव खगराज बरालको प्रमुख आतिथ्यमा र हास्यकलाकार धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कटेलको उपस्थितिमा सो वडालाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको हो ।

महिला हिंसाको अन्त्यका लागि सामाजिक बाधाको रुपमा रहेको बालविवाहले दिनप्रतिदिन हदैसम्म एउटा समाजको लागि विकराल रुप लिईसकेको भन्दै स्थानीय सरोकारबालाहरुले यसलाई बालविवाह मुक्त गर्न लागेका हुन् ।

कार्यक्रममा बालबिवाह गर्नु सामाजिक अपराध हो भन्दै अब सबै मिलेर बालविवाह हुनबाट रोक्नुपर्ने बारेमा चर्चा परिचर्चा गरेका थिए साथै बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न प्रेम बिवाह समस्याको रुपमा रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सो घोषणा कार्यक्रममा बर्दिवास नगरपालिका, खयरमाराका राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधि लगायतहरुको उपस्थिति रहेको थियो । बर्दिवास नपाको वडा नं. १० र ११ (खयरमारा) वडा बालविवाहमुक्त वडा क्षेत्र घोषणा भएकोमा त्यहाँका स्थानियवासीहरु खुशी देखिएका छन् ।

बालविवाह सम्बन्धी कानुनी व्यवस्थामा दुलहा र दुलहीको उमेर कम्तिमा २० वर्षको हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्