दाङका पत्रकारहरु को–को भिड्दैछन् चुनाबमा



नेपाल समाचारपत्र, काठमाडौं /
दाङका केही पत्रकारहरु स्थानीय निकायको दोस्रो चरणको निर्बाचनमा होमीएका छन् । आगामी जेठ ३१ गते हुने निर्वाचनमा एमाले र काग्रेंसको कोटाबाट उम्मेद्धार बन्दैछन् उनिहरु । यद्यपि केहि पत्रकारहरुले चुनावका लागी टीकट पाइसकेका छन् भने केहिले पाउन बाँकी छ ।

को–को हुन् आकांक्षी ?

संगीत बस्याल

एमालेको कोटावाट बस्यालले तुलसीपुर उपमहानगरपालीका ९–मा वडा अध्यक्षको टिकट पाईसकेका छन् । प्रेस चौतारी नेपाल दाङका उपाध्यक्ष समेत भइसकेका बस्याल बिगत एक दशक लामो समय देखि पत्रकारीतामा कृयाशिल छन् । उनी जिल्लामा सञ्चालित प्रकृति एफएमका स्टेसन म्यानेजर हुन् ।

दुजमान भण्डारी

पत्रकार महासंघका साधारण सदस्य रहेका दुजमान भण्डारी एमालेकै तर्फबाट तुलसीपुर उपमहानगरपालीका ६ वाट वडा सदस्यमा लड्दैछन् ।

विमल गौतम

तुलसीपुर उपमहानगरपालीका ७ वाट अध्यक्ष पदमा कांग्रेसका गौतम उम्मेद्धारको प्रमुख दाबेदारका रुपमा रहेका छन् । काग्रेंस दाङले अझै निर्बाचनका लागी कसैलाई पनि टिकट दिईसकेको छैन । गौतम रेडियो सञ्जीवनीका समाचार प्रमुख हुन् । उनि नेपाल पत्रकार महासंघका पुर्व कार्यसमिती सदस्य समेत हुन् ।

सुवास डिसी

सुवास डिसीले काग्रेंसको तर्फवाट तुलसीपुर उपमहानगरपालीका ११ वाट सदस्य पदमा उम्मेद्धारी दिने लगभग पक्का जस्तै भएको छ । डिसीले काग्रेंसको तर्फवाट तुलसीपुर उपमहानगरपालीका ११ वाट सदस्य पदमा उम्मेद्धारी दिने लगभग पक्का जस्तै भएको हो । डिसी नेवीसंघका जिल्ला कार्य समिती सदस्य हुन् । बिद्यार्थी राजनितीमा डिसी जिल्लामा लोकप्रीय मानिन्छन् । नेपाल पत्रकार महासंघका कार्यसमिती सदस्य समेत रहेका डिसी रेडियो सञ्जीबनी तुलसीपुरमा कार्यरत छन् ।

प्रकाश डाँगी

रेडियो तुलसीपुरका संबाददताका रुपमा कार्यरत डाँगी नेपाली काग्रेंसको तर्फवाट दगींशरण गाउँपालीकाको वडाबाट उम्मेद्धारी दिदैंछन् । उनी लामो समय देखी पत्रकारीता क्षेत्रमा कृयाशील छन् ।

प्रतिक्रिया दिनुहोस्