भूकम्पबाट क्षतिग्रस्त अनन्तपुरको जीर्णोद्धार सुरु



काठमाडौँ, १० जेठ । पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ ।

दुई वर्ष अघि वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण सो चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भाग भत्काएर जीर्णोद्धार गर्न लागिएको हो ।

त्यस क्षेत्रको रेखदेख तथा संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले खर्चको अभावमा सो मन्दिर जीर्णोद्धार गर्न नसकेकाले विभागले जीर्णोद्धार गर्न लागेको महानिर्देशक भेषनाराण दाहालले जानकारी दिनुभयो ।

सो मन्दिर असार मसान्तभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्