सूचना टाँस गरेर संसद बैठक ५ बजेसम्मलाई स्थगित



काठमाडौ (नेस) ।

ब्यवस्थापिका संसदको बैठक ५ बजेसम्मका लागि सुचना टाँसेर स्थगित भएको छ ।

बिहान ११ बजे बोलाइएको बैठक १ बजेका लागि सारिएको थियो । तर १ बजे पनि बैठक बस्न नसकेपछि बैठक फेरी ३ बजेका लागि तय गरिएको थियो ।

३ बजेका लागि सारिएको बैठकपनि शुरु हुन नसकेपछि बैठक ५ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

मंगलबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधनका साथ प्रधानमन्त्री पदबाट राजीनामा दिने गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्