चमेलियाको ड्राइटेस्ट आईतबारबाट शुरु हुँदै



नेपाल समाचारपत्र, काठमाडौं ।
दार्चुला जील्लामा निर्माणाधिन ३० मेगावाट जडित क्षमताको चमेलिया जलविद्युत आयोजनाकोे मेसीन तथा उपकरणहरुको परिक्षणको काम आईतबार बाट शुरु हुने भएको छ । चमेलिया जलविद्युत आयोजना प्रमुख अजय कुमार दाहालले जलाशय परिक्षणको काम सकिएको र जेठ ७ गतेबाट ड्राईटेस्टको काम शुरु गरिने बताउनुभयो ।

जडान गरिएका उपकरणहरुले संही ढंगले काम गरेका छन या छैनन भन्नेकुराको परिक्षणका लागि जेठ २ गतेबाट काम शुरुगर्ने भनेपनि दक्षिण कोरीयाबाट प्राविधिक टोली आउन ढिलाई भएपछि परिक्षणको काम जेठ ७ गतेका लागि सरेको थियो ।

ड्राईटेस्टको काम बाहेक अहिले आयोेजनाको ड्याममा पानी भर्ने, सुरुङ भेरियसनका लागि खनिएका सहायक सुरुङहरु पुर्ने काम, मुख्य सुुरुङको सफाई लगायत प्रशारण लाईन देखि दायाँ बायाँ ९÷९ मिटर गरी १८ मिटरसम्मका रुखहरु काट्ने काम भईरहेको दाहालले बताउनुभयो ।

आयोजनाको १ सय ३१ किलोमिटर राष्ट्रिय प्रशारण लाईन बिस्तारलाई पनि असार मसान्त सम्ममा सक्ने लक्ष लिइएको दाहालले बताउनुभयो । करीव ४ वर्ष अघि निर्माण सम्पन्न भएको प्रशारण लाईनमा हावाहुरीका कारण रुख ढलेर क्षति पु¥याएको थियो ।

यसरी प्रशारण लाईन लाई अवरोध गर्ने सल्लोका रुखहरु काट्ने काम पनि जेठ पहिलोे साताबाट शुरु भईसकेको छ ।
आगामी पुषमा आयोजना सम्पन्न गर्ने लक्ष्य भएपनि निर्माण कार्यले तिव्रता पाएपछि आयोजनाका सबै काम कार्तिक मसान्त सम्ममा सकिएर उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएकोे छ ।

नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय योजना आयोग र उर्जामन्त्रालयले आयोजनाको काम समयमै सक्न निर्देशन दिएको र त्यही अनुरुप काम पनि भैरहेको आयोजना प्रमुख दाहालले बताउनुभयो ।

नेपाल समाचारपत्रसंग कुुरा गर्दै दाहालले भन्नुभयो “सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाईना गेजुुवा गु्रप अफ् कम्पनीज् (सिजिजिसी) लाई एक महिना चाँडै गरेर सेप्टेम्बरमा अघि नै काम सक्न आग्रह गरेका हौँ।” इलेक्ट्रोमेकानिकल र हाईड्रोमेकानिकलको काम लक्षभन्दा १ महिना अगाडि नै सकिने भएपछि सिभिल तर्फको काम पनि चाडै सकाउन निर्देशन ठेकेदार कम्पनी सीजीजिसी लाई निर्देशन दिईएको समेत उहाँले बताउनुभयो ।

आयोजनामा आर्थिक विकाश साझेदारी कोष (ईडिसिएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ । २०६३ साल पुषमा आयोजनाको सिभिलतर्फको सबै काम चीनीयाँ कम्पनी सिजिजिसी लाई दिईएको थियो ।

आयोजनाको निर्माण कार्यमा ढिलाई, भौगोलिक रुपमा टाढा रहेको र बझाङ्ग, बैतडी र दार्चुला जील्लामा ट्रान्मिसन लाईन बिस्तार पनि आयोजना अन्तर्गत गरेका कारणले लागत खर्च बढेको पनि दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्