संघिय लिम्बुवान पार्टी नेपालका १ हजार ५ सय कार्यकर्ताद्धार पार्टी परित्याग



रविन भट्टराई,ताप्लेजुङ ।

संघिय लिम्बुवान पार्टी नेपालका केन्द्रिय सचिव सहित ताप्लेजुङका १ हजार ५ सय कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

आइतबार प्रेश विज्ञप्ति जारी गर्दै केन्द्रिय सचिव जंग सुनुवार १५ सय कार्याकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी परीत्याग गर्नेहरुमा जिल्ला उपाध्यक्ष असोक कुमार आङ्बुहाङ र कुमार खिम्दिङ सहित १३ जना जिल्ला कमिटि सदस्य, संघिय लिम्बुवान शिक्षक परिषद जिल्ला कार्य समितिका अध्यक्ष मानबहादुर पालुङवा, सचिव नरनाथ भट्टराई, टेकप्रसाद भारति र सदस्य प्रविण पालुङ्वा सहित ९ जनाले पनि पाटि परित्यागको घोषणा गरेको छन् ।

यस्तै संघिय लिम्बुवान युवा परीषदका संयोजक, सह–संयोजक, सचिव, सहसचिव र कोषाध्यक्ष सहित ५१ सदस्यले पाटि परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

साथै लिम्बुवान विद्यार्थी परिषदका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषध्यक्ष सहित ३१ जना, लिम्बुवान महिला परिषदका अध्यक्ष, उपाध्यक्ष सहित २३ सदस्यले संयुक्त रुपमा पार्टी परित्याग गरेका हुन् ।

लामो समय देखि फरक मत राखे पनि पाटिको हितका लागि जिल्लामा रहेर काम गरीरहे पनि भेडेटार एकताले ल्याएको मेन्डेडहरु पालना नगरी नेतृत्व तहले पार्टीमा विचलन ल्याएकोले पार्टी परीत्याग गरेको जंग सुनुवारले जानकारी दिएका छन् ।

उक्त संख्यालाई हेर्दा ताप्लेजुङका सम्पुर्ण पदाधिकारी र भातृसंगठनलेनै पार्टी परित्याग गरेको जस्तो देखिएको छ ।

जेठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानिय तहको निर्वाचन नजीकिए सँगै ठुलो संख्यामा पदाधिकारी सहित सदस्यले संघिय लिम्बुवान पार्टी परित्याग गर्नु अर्थपुर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्