अजरको आकाश मिचिएको शहर



युवा गायक अजर जंगमको एकल स्वर र गजलकार भूपेन्द्र महतको एकल सिर्जनामा गीति अडियो गजल एल्बम आकाश मिचिएको शहर सार्वजनिक गरिएको छ।

राजधानीमा शुक्रबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहबीच ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान र गायक दीप श्रेष्ठ, गीतकार डा. कृष्णहरि बराल, राजेन्द्र थापा, गायक अजर जंगमका संगीतकार दीपक जंगम, हरि लम्साल, राजु सिंह, किरण कँडेल, गायिका कुन्ती मोक्तान, बिन्दा महत, उषा शेरचनलगायतले एल्बम सार्वनिक गरे।

एल्बमको उत्पादक संस्थ बिन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक अजर जंगमले एल्बममा संगृहित २ गीत गजल गाएर सुनाएका थिए। कार्यक्रममा एल्बमको समीक्षा गर्दै गीतकार डा. कृष्णहरि बरालले गजलका शीर्षकले नै लोभ्याएको चर्चा गरे। ‘जस्तो शीर्षक थियो उस्तै सुन्दर–सुन्दर शब्दमा अनुबन्धित गजलहरु रहेछन्।

स्वरमा झन् उत्कृष्ट हँुदा अजर जंगमले भविष्यमा लाखौंको मन जित्ने विश्वास लिएको छु’ –डा. बरालले भने।

त्यसै गरी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अजरले गीत सुनाएर मन जितेको चर्चा गर्दै उनी अर्को उत्कृष्ट गायकको रूपमा देखिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्