सिन्धुलीमा मिश्रित परिणम, तीन दल तीन/तीन स्थानीय तहमा विजयी



नेपाल समाचारपत्र, सिन्धुली ।
पुनसंरचनामा सिन्धुलीमा गठन भएको ९ स्थानीय तहमा तीन ठूला दलले तीन तिन स्थानीय तहमा विजयी हासिल गरेको छ ।
विजयी उम्मेद्वारलाई शुक्रवार नै सम्बन्धित निर्वचन अधिकृतको कार्यालयमा सफत ग्रहण गराका छन् । जिल्लाका सबै स्थानीय तहको मतपरिणम आएकोले सबै विजयी उम्मेद्वारलाई सफतग्रहण गराएको हो ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तीन तीन स्थानीय तहमा जित हाँसिल गरेको छ । घ्याङलेक, गोलञ्जोर र तीनपाटन गाउपालिका नेपाली काँग्रेसले गाउपालिका अध्यक्ष उपाध्यक्ष जितेको छ ।

हरिहरपुरगढी, मरिण र सुनकोषि गाउपालिकामा नेकपा माओावदी केन्द्रले गाउपालिका अध्यक्ष उपाध्यक्ष नै जितेको छ । त्यस्तै कमलामाई नगरपालिका, दुधौली नगरपालिकाको प्रमुख उपप्रमुख र फिक्कल गाउपालिकाको अध्यक्ष उपाध्यक्ष जितेको छ ।

९ गाउपालिका तथा नगरपालिकाको ७९ ओटा वडामा नेपाली काँग्रेसले २६ ओटा वडा अध्यक्ष सहित प्यानल नै जितेको छ भने नेकपा एमालेले ३१ ओटा वडा अध्यक्ष सहित प्यानल नै जितेको छ । माओवादी केन्द्रले २२ ओटा वडा अध्यक्ष सहित प्यानल नै जितेको छ ।

कमलामाई नगरपालिकामा मेयर एमालेका खड्ग खत्रीले जितेको छ । उपमेयरमा एमाले कै मञ्जु देवकोटाले जितेको छ । नगरपालिकाको १४ वडा मध्य ६ ओटा वडा नेपाली काँग्रेसले जितेको छ । ७ ओटा वडा नेकपा एमालेले जितेको छ र एउटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । दुधौली नगरपालिकामा नेकपा एमालेको घनश्याम राउतले मयेर र बालकुमारी अधिकारी दनुवारले उपमेयर जितेको छ । फिक्कल गाउपालिकामा नेकपा एमाललेका धनबहादुर कार्की र उपाध्यक्षमा पार्विती सुनुवार विजय भएका छन् ।

घ्याङलेक गाउँपालीका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजयी भएको छ । नेपाली कांग्रेसका जगत बहादुर भोलनले विजयी भएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसकै दुर्गा सुनुवारले विजयी भएको छ । तिनपाटन गाउपालिकामा नेपाली कांग्रेसका कर्णबहादुर मगर अध्यक्ष र नेकपा एमालेकी पदममाया तामाङ विजयी भएको छ । गोलन्जोर गाउँपालीकाको नेपाली कांग्रेस पदका उम्मेदवार पुष्प बहादुर कार्की र उपाध्यक्ष पदका उम्मेदवार गंगा देखी श्रेष्ठ निर्वाचित भएका छ ।

मरिण गाउँपालीका अध्यक्षमा माओवादी केन्द्रका पानिराज बम्जन विजयी हुनु भएको छ । माओवादी केन्द्रकै उपाध्यक्ष पदका उम्मेदवार संगिता माझी विजयी भएको छ । हरिहरपुरगढीमा माओवादी केन्द्रका कारसाङ तामाङ गाउँपालीका अध्यक्षमा विजययि भएको छ । यस्तै गाउँपालीकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुनिता राईले विजयी हुनुभएको हो । सुनकोषि गाउपालिकामा पनि माओवादी केन्द्रका दिपा वोहोरा दाहाल अध्यक्ष र गिर्वसिं मोक्तान उपाध्यक्षमा विजय भएका छन् ।

माओवादी केन्द्रले मरिण गाउपालिकाको ८ ओटै वडामा जित हाँसिल गरेर कब्जा जमाएको छ भने फिक्कल गाउपालिकामा कुनै पनि उपस्थिति जनाउन सकेन । कमलार्मा नगरपालिका, तनपाटन, गोलञ्जोर र घ्याङलेक गाउपालिकामा १÷१ वडा जितेर कमजोर उपस्थित जनाएको छ । हरिहरपुर गढी गाउपालिका अध्यक्ष उपाध्यक्ष र ७ ओटा वडा मध्य ४ ओटा वडामा जित हाँसिल गरेर बहुमत ल्याएको छ भने सुनकोषि गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष जित हाँसिल गरे पनि गाउपालिकामा रहेको ७ ओटा वडा मध्य दुई ओट मात्र वडा जितेर अल्पमतमा परेको छ ।

नेकपा एमालेले कमलामाई नगरपालिकामा मेयर उपमेयर सहित ७ ओटा वडामा जित हाँसिल गरेको छ । फिक्कल गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष र ६ ओटा वडा मध्य ४ ओटा वडामा जित हाँसिल गरेर बहुमत ल्याएको छ भने दुधौली नगरपालिकामा मेयर उपमेयर र १४ ओटा वडा मध्य ६ ओटा वडा मात्र जितेर अल्पमतमा परेको छ ।

नेपाली काँग्रेसले घ्याङलेक गाउपालिकामा अध्यक्ष, उपाध्यक्ष र गाउपालिकामा रहेको ५ ओटा वडा मध्य ३ ओटा वडा जितेर बहुमत ल्याएको छ भने गोलञ्जोर गाउपालिकामा अध्यक्ष उपाध्यक्ष र गाउपालिकामा रहेको ७ ओटा वडामा ४ ओटा वडामा जित हाँसिल गरेर बहुमत ल्याएको छ । तीन पाटन गाउपालिकामा अध्यक्ष उपाध्यक्ष जिते पनि गाउपालिकामा रहेको ११ ओटा वडामा ४ ओटा वडा मात्र जितेर अल्पमतमा परेको छ ।
तीन ओटै पार्टीले तीन÷तीन ओटा स्थानीय तह जितेकोमा एक एक स्थानमा अल्पमतमा देखिन्छ भने दुई÷दुई स्थानमा स्पस्ट बहुमत देखिन्छ । जितेका स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरु सदस्य रहने कार्यपालिका वन्ने छ । स्पष्ट बुहमत पुगेको स्थानीय तहमा प्रमुख उपप्रमुखले काम सहज ढंगबाट गर्न सक्ने छन् भने अल्पमतमा रहेका स्थानीय हतका प्रमुख उपप्रमुखलाई काम गर्न असहज हुने देखिन्छ ।
बैशाख ३१ गते भएको निर्वाचनको मत गणना जेष्ठ १ गते बाट सुरु गरेको थियो । मतगणनाको अन्तिम मतपरिणाम जेष्ठ ५ गते सम्पन्न भई शुक्रवार नै विजेतालाई पदभार ग्रहण तथा सफतग्रहण गराएको प्रमुख निर्वाचन अधिकृत पशुराम भट्टराईले वताए ।

निर्वाचित गाउपालिका तथा नगरपालिका प्रमुख उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुबाट जिल्ला समन्वय समिति गठन हुने छ । जिल्ला समन्वय समिति गठन गर्न पनि अव तीन राजनीतिक दल मध्य दुई मिल्नु अनिर्वाय भएको छ । कुनै एक दलको मात्र स्पष्ट बहुमत नहुदा जिल्ला समन्वय समिति गठन गर्न दुई दल मिले मत्र गठन गर्न सकिने छ । जिल्ला समन्वय समितिको निर्वाचन पनि चाडै हुने प्रमुख निर्वाचन अधिकृत भट्टराईले वताए ।

प्रतिक्रिया दिनुहोस्