रहिनन् बलिउडकी रीमा



बलिउड फिल्ममा हँसिली आमाका रूपमा छाउँदै आएकी लोकप्रिय अभिनेत्री रीमा लागुको निधन भएको छ। उनको ५९ को उमेरमा निधन भएको हो।

उनलाई टाउकोमा पीडा भएपछि मुम्बईस्थित कोकिला बेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको बीबीसीको अनलाइन सेवाले जनाएको छ।

उनको प्रवेशअघि बलिउड फिल्ममा आमाको भूमिकाको छवि अलग थियो। बलिउड फिल्ममा प्रवेश गरेपछि उनले भने आमाको भूमिकालाई नयाँ ढंगले परिभाषित गरेकी थिइन्। यसको शुरुआत राजश्री वालोको मैने प्यार कियाबाट भएको थियो। उनी बलिउडको मुलधार मानिएको हिन्दी फिल्मका साथै मराठी फिल्म तथा टेलिसिरियलका विभिन्न भूमिकाबाट लोकप्रिय थिइन्। उनले दशकौंसम्म मराठी रंगमञ्चमा समेत काम गरेकी थिइन्। उनलाई बलिउडको आधुनिक तथा ग्ल्यामर आमा मानिन्थ्यो। उनी आफ्नै उमेरका नायकहरुको आमा बनेरसमेत पर्दामा देखिन्थिन्।

प्रतिक्रिया दिनुहोस्