बागलुङ नगरपालिकाको मेयरमा एमालेका जनक



सिर्जना पन्त, बागलुङ ।
धौलागिरीको पहिलो र ठुलो नगरपालिका बागलुङ नगरपालिकामा नेकपा एमालेका जनक पौडेल विजयी हुनुभएको छ । ३४ हजार ५ सय २८ मतदाता रहेको बागलुङ नगरपालिकामा २४ हजार ६ सय ५१ मत खसेकोमा पौडेलले १२ हजार ३ सय ६५ मत ल्याएर विजयी हुनुभएको हो ।
पौडेलका प्रत्यासी नेपाली काङग्रेसका बसन्तकुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का ११ हजार १ सय ८७ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका प्रत्यासी नेपाली काङग्रेसका सकुन्तला शर्माले ९ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
बागलुङ नगरपालिकामा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर निर्वाचनमा उमेदवार उठाएका थिए । १४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडामा नेकपा एमाले सहितको गठबन्धनको प्यानल, २ वटा वडामा नेपाली काङग्रेसको पयानल र एउटा वडामा नेकपा एमालेको वडा अध्यक्ष सहित एक सदस्य र नेपाली काङग्रेसका तिन सदस्य निर्वाचित भएका छन् ।
वडा नम्बर एकमा नेकपा एमालेका दुर्गा बहादुर बोहराले ५ सय ९९ मत ल्याएर प्यानल सहित निर्वाचित हुनुभएको छ । वडा नम्बर दुईमा नेकपा एमालेका जिवन आचार्य ५सय ८२ मत ल्याई एक सदस्य सहित निर्वाचित हुनुभएको छ भने नेपाली काङग्रेसका तिन सदस्य निर्वाचित भएका छन् । त्यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका संयुत्त उमेदवार लक्ष्मी बास्कोटा १ हजार २ सय ६५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
वडा नम्बर ४ मा नेकपा एमालेका धु्रव केसी ८ सय १६ मत ल्यार निर्वाचित हुनुभएको छ भने वडा नम्बर ५ मा नेकपा एमालेका शिव सापकोटा ७ सय ९ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यस्तै वडा नम्बर ६ मा नेकपा एमालेका खेमराज सापकोटा ६ सय ६३ मत ल्याएर निर्वाचित हुनुभएको छ भने वडा नम्बर ७ मा नेकपा एमालेका खगराज पाण्डे १ हजार १ सय १८ मत ल्याएर निर्वाचित हुनुभएको छ । नगरपालिकाको वाडा नम्बर ८ मा नेकपा एमालेका जित बहादुर क्षत्री राजन र ९ मा गणेश थापा १ हजार ८१ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।
वडा नम्बर १० मा नेकपा एमालेका प्रेमबहादुर थापाले १ हजार १ सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने वडा नम्बर ११ नेपाली काङग्रेसका ज्ञानेन्द्र गौतम ६ सय ५ मत प्राप्त गरि प्यानल सहित निर्वाचित हुनुभएको छ । तेस्तै वडा नम्बर १२ मा संयुत्त गठबन्धका गुरुदत्त पाठकले १ हजार १सय ८० मत प्राप्त गरि प्यानल सहित निर्वाचित हुनुभएको छ । वडा नम्बर १३ मा नेपाली काङग्रेसका नारायण शर्मा पौडेलले १ हजार ४ सय ४१ र वडा नम्बर १४ मा चक्र बहादुर खत्रीले ७ सय ८८ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्