कहाँ गयो उम्मेदवारकै मत



हेटौंडा,(नेस) / हेटौंडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका राकेशकुमार शर्माको आफ्नै मत ‘हराएको’ छ । बालबालिका चुनाव चिह्न लिएर मेयरमा उम्मेदवारी दिएका शर्माले हालसम्म एक मत पनि प्राप्त गर्न सकेका छैनन् ।
उम्मेदवार शर्माको मताधिकार रहेको २ नम्बर वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

२ नम्बर वडाको मतगणना गर्दा पनि शर्माको एक मत नदेखिएपछि ‘तपार्इंको आफ्नै मत खोई’ भनेर सोध्दा उनले आफ्नो मत आफैंलाई हालेको प्रतिक्रिया दिए । तर, दुई नम्बर वडाको मतगणानामा समेत एक मत पनि फेला नपरेपछि आफू चकित परेको शर्माले बताए । उनले आफूले आफैंलाई मत नहालेका हुन् वा उनको मत बदर भएको हो ।

प्रतिक्रिया दिनुहोस्