बागलुङको काठेखोला गाउँपालीकाको मतपरिणाम सार्वजनिक



सिर्जना पन्त,बागलुङ  ।
बागलुङको काठेखोला गाउपालिकामा नेकपा एमालेका अमर थापा ६ हजार ६ सय ९८ मत ल्याएर निर्वाचित हुनुभएको छ । १७ हजार ६ सय ७ मतदाता रहेको गाउँपालिकामा १२ हजार ७ सय ६० मत खसेको थियो । गाउँपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री ६ हजार ५३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

आठ वटा वडा रहेको गाउपालिकामा नेकपा एमालले पाँच वडा र नेपाली काङग्रेसले तिन वटा वडामा जित हात पारेको छ ।

गाउँपालिकाको वडा नम्बर एकमा नेपाली काङग्रेसका खड्क थापा ६ सय१२ मत ल्याएर विजयी हुनुभएको छ भने वडा नम्बर दुईमा नेकपा एमालेका विद्यापती शर्मा ९ सय ६२ मत ल्याएर प्यानल सहित निर्वाति हुनुभएको छ ।

त्यसैगरी वडा नम्बर तिनमा नेकपा एमालेका याम श्रीष ९ सय ९० मत ल्याएर निर्वाचित हुनुभएको छ भने वडा नम्बर चारमा नेपाली काङग्रेसका केशर थापा ९ सय ६२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

वडा नम्बर पाँचमा नेपाली काङग्रेसका शिव कंडेलका ६ सय ९० मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने वडा नम्बर ६ मा नेकपा एमालेका युत्त प्रसाद कंडेल ६ सय ७३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

त्यस्तै वडा नम्बर सातमा नेकपा एमालेका प्रेम लामिछाने र वडा नम्बर आठमा नेकपा एमालेकै चित्र कुमारी छन्त्यालको प्यानल निर्वाचित भएको छ ।

काठेखोला गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्