तीन गाउँपालिकामा एमाले, एउटामा काँग्रेसको जित



धन बस्नेत, पोखरा ।

कास्कीका चार गाउँपालिकामा तीन वटा गाउँपालिकामा नेकपा एमालेले जितेको छ । एउटा गाउँपालिका भने नेपाली काँग्रेसको पोल्टामा परेको छ । एमालेले कास्कीको मादी, रुपा र माछापुच्छ«े गाविसको अध्यक्षमा निर्वाचित हुदाँ नेपाली काँग्रेस भने अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष निर्वाचित हुन पुग्यो ।
मादी गाउँपालिका एमालेका बेदबहादुर गुरुङ, रुपा गाउँपालिकामा नवराज ओझा र माछापुच्छ«े गाउँपालिकामा कर्णबहादुर गुरुङले जितेका छन् । अन्नपूर्ण गाँउपालिकामा भने नेपाली काँग्रेसका युवराज कुँवरले जितेका हुन् ।


माछापुछ्रे गाउँपालिकाको प्रमुखमा कर्ण बहादुर गुरुङले ५ हजार ६०७ मत सहित निर्वाचित हुदा प्रतिद्धन्द्वी नेपाली कांग्रेसका खुसीमान गुरुङले ४६ सय १ मत प्राप्त गरे । गाउँपालिकाको उप प्रमुखमा एमाले उम्मेदवार कृष्णकुमारी पौडेल ४ हजार ६०१ म्त सहित निर्वाचित भइन् । उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका वासुदेव गिरीले ४४ सय ७३ मत प्राप्त गरे ।
रुपा गाउँपालिकामा पनि एमाले उम्मेदवारनै विजयी भए । गाउँपालिकाका प्रमुखमा नवराज ओझा ४२ सय १२ मत सहित निर्वा्चित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रकाश मोहन खनालले २५ सय ७५ मत मात्रै प्राप्त गरे । गाउँपालिकाको उप प्रमुखमा एमाले तर्फकै उम्मेदवारलाल सुवा गुरुङ निर्वा्चित भए । उनले ३९ सय ४५ मत प्राप्त गरी निर्वा्चित हुदा कांग्रेस उम्मेदवार गीमाया गुरुङले ३४ सय ५६ मत प्राप्त गरिन् ।
कास्कीको अर्को अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँवर विजयी भएका छन् । विजयी कुँवरले ४ हजार ६ सय ७२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर केसीले ४ हजार ४ सय ८ मत पाएका छन् । गाउँपालिकाको उपप्रमुखमा भने एमालेकी सगुन गुरुङ ४ हजार ५ सय ८६ मत प्राप्त गर्दै विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी खिमकुमारी गुरुङले ४ हजार ४ सय ६९ मत पाएकी छिन् ।
यसैगरी पोखरा लेखनाथ महागरपालिकाको मत गणनाको तेस्रो दिन बुधबार एमालेले १ र ५ नम्बर वडा जितेको छ । नेपाली काँग्रेसले भने २, ३ र ४ नम्बर वडामा आफनो पडक कायम गरेको छ । १ वडामा एमालेकी शारदा पराजुली विजयी भएकी छन् । २ नम्बर वडामा नेपाली काँग्रेसका रामेश्वर मल्ल, ३ मा रबिन्द्रबहादुर प्रजु र ४ नम्बरमा शंकर बास्तोलाले जितेका छन् । ५ नम्बरमा एमालेका धनबहादुर नेपालीले जितेका छन् ।
पाँचवटा वडाको मतगणनासम्म आईपुग्दा नेकपा एमालेका मेयर मानबहादुर जिसीको खातामा ५२३० मत छ । उपमेयर मन्जु गुरुङले ४९१८ पाएकी छिन् । त्यसैगरी नेपाली काँग्रेसका मेयर रामजी कुँवर र उपमेयर सरस्वती गुरुङले पनि क्रमश ५०६३ र ४४८१ मत पाएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति गठबन्धनका हुमबहादुर तमुले २२४ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्