गन्दागन्दै कार्यकाल सकिने डर



अहिले सहरमा मतगणनाको चर्चा भइरहेको छ। हो, गणना ढिला भो भन्ने सर्बत्र गुनासो धरहराले सुनेको छ। आफूले मतदान गरेको उम्मेदवारको हालत के हुने हो भन्ने सबैलाई चासो हुनु अस्वाभाविक पनि होइन। निर्वाचन आयोगको निर्देशनअनुसार मतगणनाका लागि केही टोली कतिपय ठाउँमा खटिएको भए पनि काम भने त्यति गतिमा हुन सकेको पाइएको छैन।

यो हिसाबले गर्दा लाखौं मतदाता भएको ठाउँमा त निकै दिन पो लाग्लाजस्तो छ परिणाम आउन। हिजो धरहराको छेउमा आएर एक जनाले भनिरहेका थिए– ‘मतगणना गर्दागर्दै विजयी उम्मेदवारको कार्यकाल नै सकियो भने के गर्ने ?’ हुन त मतगणना गरिसकेपछिको कार्यकालबाट हिसाब गरिएला। नत्र त चुनाव भएको मितिबाट कार्यकाल गन्ने हो भने त गणना भइसक्दा कार्यकाल नै सकिने रहेछ। अनि विचरा विजयी उम्मेदवार त हेरेको हेर्यै। कि कसो पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्