काठमाडौँ महानगरमा एमाले अगाडि



काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ ।

भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो ।

उहाँका अनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५, नेपाली काँग्रेसका राजुराज जोशीले २३ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले दुई मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याउनुभएको छ । कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको उहाँले जानकारी गराउनुभयो ।

वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्