दोलखाको पछिल्लो अपडेट..



बैतेश्वर गाँउपालिका
दोलखाको बैतेश्वर गाँउपालिकामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर ८ क्षेत्रपाबाट सुरु भएको पछिल्लो मत परिणाम अनुसार प्रमुखमा नेपाली कांग्रेसका छवि लामाले ७४१ र एमालेका ऋषिकेस उप्रेतीले ३४५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा एकिकृत माओवादीका रविचन्द्र आचार्यले ७२६ र उपप्रमुखमा एमालेको शान्तिमाया पाख्रिनले ३२४ मत प्राप्त गरेका छन् ।

बैतेश्वर गाँउपालिकामा कांग्रेस माओवादी केन्द्रले बुथ कब्जा गरेको भन्दै एमालेले मतगणना बहिष्कार गरेको छ । एमाले दोलखाले बैतेश्वर गाँउपालिकाको क्षेत्रपा, गैरीमुदी र नाम्दुमा पुनः मतदानको लागि मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेको जनाएको छ ।
वडा नमबर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका रमेश अधिकारीको ८०५ र एमालेको हरि जिरेलको ३४१ मत प्राप्त भएको जनाईएको छ ।

विगु गाँउपालिका
दोलखाको विगु गाँउपालिकामा पनि मतगणना सुरु भएको छ । अहिलेसम्मको प्राप्त मत परिणाम अनुसार विगु गाँउपालिकामा प्रमुखमा एमालेको सुन्दर लामिछानेले ७७ र नेपाली कांग्रेसको युधिष्ठीर खड्काले ७३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेको उर्मिला केसीले ९० र माओवादी केन्द्रको सन्जीव ओलीले ७५ मत प्राप्त गरेका छन् ।

कालिञ्चोक गाँउपालिका
दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर १ कालिञ्चोकमा पनि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार कालिञ्चोक गाँउपालिकाको प्रमुखमा एकिकृत माओवादीका कुलबहादुर बुढाथोकीको ११५, एमालेको विनकुमार थामीको ११४ मत प्राप्त भएको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसको गोपीलाल थामीको १२८ र एमालेको कालिका पाठकको १०६ मत प्राप्त भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्