मोटरसाईकल दुर्घटनामा मृत्यु



नेपाल समाचारपत्र, काभे ।
बनेपाबाट काठमाडौ तर्फ जाँदै गरेको बा ८३ प १६६ नम्वरको मोटरसाईल विपरित दिशामा पुग्दा साँगाबाट पनौती तर्फ जाँदै गरेको मिनिबसमा ठोक्किन पुग्दा मोटरसाईकल चालकको उपचारको क्रममा निधन भएको छ ।

बा ३ ख ४३८३ नम्वरको बससँग अरनिको राजमार्गको बनेपा १२ जनागालमा मोटरसाईकल ठोक्किन पुगेको थियो । मोटरसाईकल चाकल खहरेपाँगु ४ का १९ बर्षिय सुमन तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक शेखरजंग मल्लले जानकारी दिएका छन् ।

मोटरसाईकलको पछाडी बस्ने वतन नखुलेका सागर श्रेष्ठ गम्भिर छन् । उनको न्युरो अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले अनुसन्धानका लागि बसका चालकलाई नियन्त्रणमा लिएको छ । बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा मतदान गरी राजधानी फर्कदै गरेका युवा सुमनको मृत्यु स्पिड बाईक ओभरटेक गर्दा बसमा ठोक्किन पुग्दा भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्